७ श्रावन २०७८, बिहिवार

शुक्रबारदेखि अनलाइनबाटै सवारीसाधनको ब्लुबुक नवीकरण गर्न सकिने भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यसका साथै सवारीसाधनको कर तथा जरिवाना पनि तिर्न सकिने छ । यसका लागि बागमति प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको वेबसाइट यातायात व्यवस्था सूचना प्रणाली (टिएमआइएस) को विकास गरेको छ ।

यसअघि नै यो सेवा शुरू हुने भनिएपनि केही प्राविधिक समस्याका कारण शुक्रबारबाट मात्रै शुरू हुन लागेको हो ।

साथै सेवाग्राहीले नागरिक एपबाट आफ्नो सवारीसाधनको जानकारी हेर्न, बाँकी तिर्नुपर्ने कर र तिरिसकेको कर बारे जानकारी लिनुका साथै कर तिर्न सक्ने छन् । जसका लागि एपको सवारी कर अप्सनमा जानुपर्ने हुन्छ । एपबाट पहिलो चरणमा बागमति प्रदेशका सवारीसाधनको कर तिर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर