
२३ आषाढ २०७८, बुधवार
अवैध रूपमा मोबाइल भित्रिन नदिन सरकारले विगत ३ वर्षदेखि ‘इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी’ (आईएमईआई) नम्बर दर्ता प्रक्रियालाई अगाडि बढाएको छ ।
मोबाइल प्रयोगकर्ताले *#06#डायल गरी मोबाइलको आईएमआई नम्बर हेर्न सक्नेछन् । मोबाइलमा दुईवटा सिम लाग्छ भने दुईवटा आईएमआई नम्बर हुन्छ । दुईवटा सिम प्रयोगकर्ताले दुवै नम्बर दर्ता गर्नु पर्छ ।
यसरी गर्ने आईएमईआई दर्ता
आईएमईआई नम्बर दर्ता गर्नका लागि नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइडमा जानु पर्छ । जहाँ आईएमईआई नम्बर रजिस्ट्रेसन भन्ने लिंकमा गएर साइनअप गर्नु पर्छ ।
साइनअप गरेपछि त्यहाँ ‘न्यू इम्पोटर’ र ‘इन्डिभिजुअल एप्लिकेशन’ अप्सन देखिन्छ । इन्डिभिजुअल एप्लिकेशनमा क्लिक गरेसँगै एउटा फारम प्राप्त हुने छ । उक्त फारममा त्यहाँ बताएअनुसार जानकारी भर्नु पर्दछ ।
सरकारबाट उपलब्ध गराइएको कुनैपनि एउटा आधिकारिक परिचयपत्रको स्क्यान कपी पनि अपलोड गर्नु पर्छ ।
आयातकर्ता कम्पनीको हकमा भने उसले ल्याउन लागेको मोबाइल डिभाइसको आईएमईआई सामान आयात गर्नुपूर्व नै पाउँछन् । किनभने उनीहरुलाई प्राधिकरणले युजर आईडी र पासवर्ड उपलब्ध गराएको हुन्छ । सोहीअनुसार आयातकर्ताले यो लिंकमा गएर लगइन गर्न सक्छन् । त्यहाँ टाइप अप्रुभल लिनेदेखि आईएमईआई नम्बर अपलोड गर्न सकिने सम्मको सुविधा छ ।
आईएमईआई नम्बर अपलोड भएसँगै प्राधिकरणमा निवेदन दिन सकिन्छ । उक्त निवेदनको आधारमा आईएमईआई नम्बर मान्य छ वा छैन सिस्टममार्फत जाँच हुन्छ । सबै मिलेपछि प्राधिकरणको सिस्टममा आईएमईआई नम्बर दर्ता हुन्छ ।