
अन्तरिक्षबाट खगोलीय तस्वीर पठाउने दूरविनको सिस्टममा समस्या आएको छ । सन् १९९० मा हबल टेलिस्कोप पृथ्वीको तल्लो कक्षमा प्रक्षेपण गरिएको थियो । कम्प्युटरमा खराबी आएपछि अन्तरिक्षबाट प्राप्त हुने खगोलीय तस्वीर प्राप्त हुनेक्रम रोकिएको छ ।
अन्तरिक्षमा हबल स्पेस टेलिकस्कोपले काम गर्न छोडेको छ । हबल स्पेस टेलिस्कोप कम्प्युटरमा प्राविधिक समस्या उत्पन्न हुँदा यो उपकरणले काम गर्न नसकेको हो । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यसको जानकारी दिएको हो । पछिल्लो ३० वर्षदेखि अन्तरिक्षमा रहेर अनगिन्ति खोज गरेको हबल टेलिस्कोपमा १९८० को दशकको कम्प्युटर राखिएको छ ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार हबलको उक्त कम्प्युटरको सहयोगमा विज्ञानसँग सम्बन्धित उपकरण नियन्त्रण गरिँदै आएको थियो । कम्प्युटरमा खराबी आएपछि अन्तरिक्षमा हुने अन्य गतिविधिको सूचना समेत प्राप्त गर्न नसकिएको नासाले जनाएको छ । नासा र युरोपियन स्पेस एजेन्सीको संयुक्त परियोजनाको रुपमा हबल टेलिस्कोप तयार पारिएको थियो ।
नासाले बताए अनुसार १३ जुनको बेलुकीदेखि हबलले काम गर्न छोडेको हो । कम्प्युटरको मेमोरी बोर्डमा समस्या आउँदा हबलले अचानक काम गर्न बन्द गरेको बताइएको छ । यद्यपी नासाका वैज्ञानिकहरु सिस्टमको खराबीलाई रिबुट गर्ने प्रयास गरेका थिए । तर एउटै समस्या बारम्बार देखियो ।
वैज्ञानिकहरु अब ब्याकअप मेमोरी युनिटलाई सुरक्षित रुपमा निकाल्ने प्रयासमा जुटेका छन् । अहिलेसम्म क्यामेरा र अन्य उपकरण सुरक्षित मोडमा रहेका छन् । यसबाहेक वैज्ञानिक अन्य उपकरणको सहयोगमा अन्तरिक्षमा निगरानी राख्ने काम पुनः सुरु गर्ने योजना बनाइरहेका छन् ।
NASA continues to work to resolve an issue with the payload computer on the Hubble Space Telescope, which halted on June 13.
Launched in 1990, Hubble has contributed greatly to our understanding of the universe over the past 30 years. https://t.co/qEmIUQCtuX
— Hubble (@NASAHubble) June 18, 2021