एजेन्सी ,चिनियाँ स्मार्टफोन ब्राण्ड वनप्लसले आफ्नो नयाँ कन्सेप्ट फोन सार्वजनिक गरेको छ । कम्पनीको यो नयाँ कन्सेप्ट फोन अल-न्यु ब्याक प्यानलका साथ ल्याइएको हो ।

जसमा रङ बदलिने फिल्मको विशेष फिचर समेत रहेको छ । यसमा जसै तपाईं श्वास फेर्नुहुन्छ, त्यत्तिकै समयमा फोनले स्वचालित रुपमा आफ्नो पछाडि भागको रंग बदल्छ ।

आखिर कसरी बदलिन्छ फोनको रङ्ग ? वनप्लसका अनुसार वनप्लस एट टी कन्सेप्ट फोनमा इलेक्ट्रिकल कलर, मेटेरियल एण्ड फिनिश (ईसीएमएफ) जस्ता प्रविधिको प्रयोग गरिएको छ ।

यो प्रविधिको सहयोगमा फोनमा रङ्ग बदलिने इफेक्टले काम गर्दछ । फोनको रियर प्यानल ग्लासबाट बनेको छ ।

जसमा मेटल अक्साइड प्रयोग गरिएको छ । यसको पछाडि भागमा राखिएको मेट अक्साइड एक्टिभ भएसँगै फिल्म चेञ्जिङ इफेक्टले काम गर्न थाल्दछ ।

कलर चेञ्जिङ फिल्ममा फोनको गहिरी निलो रङ्ग सिल्भर रङ्गमा बदलिने गर्दछ । कन्सेप्ट फोनको चारैतर्फ विद्युतीय चुम्बकीय तरंग (इलेक्ट्रोम्याग्नेटिक वेभ) लाई बाउन्स गर्नका लागि मिलिमिटर वेभ राडार प्रयोग गरिएको छ ।

जसका कारण यो फोनले वस्तुलाई देख्न, बुझ्न र लोकेसन ट्र्याक गर्न सक्छ । यो प्रविधि गुगल पिक्सेल फोरको राडार इनेबल मोसन सेन्स प्रविधि जस्तै हो ।

कन्सेप्ट फोनमा मोसन ट्र्याकर प्रविधि समेत प्रयोग गरिएको छ । जसको सहयोगमा इसाराबाटै फोन कलको जवाफ दिन सकिन्छ । साथै फोनको क्यामेरामा हात राखेर भिडियो कल एसेप्ट वा रिजेक्ट गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर