२६ मङ्सिर २०७७

एसियन फुटबल फेडेरेसन (एएफसी)ले फिफा विश्वकप छनोट तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटको बाँकी खेलको खेल तालिमका सार्वजनिक गरेको छ।

https://amzn.to/4myfPN5

शुक्रबार एएफसीले नेपालको घरेलु मैदानमा हुने खेलको मिति सार्वजनिक गरेको हो।

समूह चरणको दोस्रो चरणका खेलमध्ये ३ खेल बाँकी छन्। नयाँ मिति अनुसार २०२१ को मार्चमा २५ मा चाइनिज ताइपेइसँग खेल्ने छ भने अस्ट्रेलियासँग ३० मार्चमा खेल्नेछ।

नेपालले विश्वकपको छनोटको अन्तिम खेल भने जुन ७ मा जोर्डनसँग खेल्नेछ। यसअघि नेपालले खेलेका ५ खेलमा १ खेलमा जित हात पारेको थियो भने ४ खेलमा हार व्यहोरेको छ।

विश्वकपका बाँकी खेल नेपालको घरेलु मैदानमा आयोजना हुनेछ। नोबेल कोरोना भाइरसका कारण पटक पटक छनोटका खेल सर्दै आएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर