१३ कार्तिक २०७७, बिहिवार

नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु भएको छ । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले बिहीबारबाट प्रशिक्षण सुरु गरेको हो । पहिलो दिनको प्रशिक्षण त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बाल गोपालमहर्जनको नेतृत्वमा भएको हो । टोलीको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल  छन।अखिल नेपाल फुटबल संघका अनुसार प्रशिक्षणका लागि खेलाडीहरु काठमाडौं आईसकेको र उनीहरु त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टरमा छन्। नेपालले बंगलादेशसंग ढाकास्थित बंगबन्धु रंगशालामा कार्तिक अन्तिममा र मंसिरको पहिलो हप्ता खेल्नेछ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर