
१५ असोज २०७७, बिहिवार
एफएलको अन्तिम १६ मा म्यान्चेस्टर सिटीले बर्नलीमाथि फराकिलो जीत हात पारेको छ ।
बुधबार राति भएको खेलमा सिटीले बर्नलीलाई ३–० गोल अन्तरले पराजित गरेको छ । सिटीका लागि रहिम स्ट्रलिङले दुई र फेरान टोरेसले एक गोल गरे
गोलरहित बराबरी चलिरहेको खेलमा सिटीका स्ट्रलिङले ३५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १–० गोलले अघि रहेको सिटीका लागि स्ट्रलिङले व्यक्तिगत र टीमका लागि ४९ औं मिनेटमा गोल गर्दै दोहोरो अग्रता दिलाएका थिए ।
२–० को सहज अवस्थामा रहेको सिटीका लागि टोरेसले ६५ औं मिनेटमा गोल गर्दै सिटीलाई ३–० गोलको फराकिलो अवस्थामा पुर्याएका थिए ।
बर्नलीले सिटीविरुद्ध गोल फर्काउन नसक्दा हार व्येहोर्न पुग्यो ।
गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले ब्राइटनलाई ३–० कै अन्तरमा पराजित गरेको छ । ब्राइटनविरुद्ध युनाइटेडका स्कट म्याकटोमिनेले ४४ औं मिनेटमा, जुआन माटाले ७३ औं मिनेटमा र पाउल पोग्वाले ८० औ मिनेटमा गोल गरेका थिए ।