६असाेज,भेट्रान स्वीडिस फरवार्ड ज्लाटान इब्राहिमोभिचले नयाँ सिजनको इटालियन सिरी ‘ए’ को सिजनको पहिलो खेलमा नै दुई गोल गरेपछि एसी मिलानले विजयी सुरुवात गरेको छ ।

मिलानो इटालीमा सोमबार राति भएको खेलमा मिलानले बोलोग्नालाई २–० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । ज्लाटनले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेका थिए । प्रतिस्पर्धात्मक बनेको खेलको ३५औं मिनेटमा ज्लाटनले गोल गर्दै घरेलु टोलीलाई १–० ले अघि बढाए । थियो हर्नान्डेजको क्रसमा ज्लाटनले हेडरमार्फत जाली चुमाएका थिए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

दोस्रो हाफको शुरुमै मिलानले पेनाल्टीमार्फत अग्रता दोब्बर बनायो । बेनासेरलाई पेनाल्टी बक्समा रिकार्डाे ओर्साेलिनीले फल गरेपछि भिएआरको सहायतामा प्राप्त पेनाल्टीमा ज्लाटनले कुनै गल्ती गरेनन् ।

खेलको अन्तिम समयतिर बोलोग्ना १० खेलाडीमा समेटिएको थियो । बोलोग्नाका मिटचेल दोहोरो पँहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । त्यसपछि पनि थप गोल निस्कन नसक्दा मिलान २–० ले विजयी हुन सफल भयो ।

बोलोग्नाविरुद्ध दुई गोल गरेपछि ३८ वर्षीय भेट्रान फरवार्ड इब्राहिमोभिचले आफुलाई अझै २० वर्षको खेलाडी भइरहेको अनुभुति भएको बताएका छन् । गत जनवरीमा अमेरिकी मेजर लिग सकर क्लबाट मिलान आएयता ज्लाटनले २२ खेलमा १४ गोल गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर