1. बार्सिलोनाको जितमा मेस्सीको दुई गो

बिहिबार, अशोज १, २०७७

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले प्रि-सिजनको मैत्रीपूर्ण खेल अन्तर्गत बुधबार भएको खेलमा जिरोनामाथि ३-१ को सहज जित दर्ता गरेको छ । बार्सिलोनाको जितमा कप्तान लिओनेल मेस्सीले दुई तथा फिलिपे कोउटिन्होले १ गोल गरे ।

पहिलो रोजाईमा अनुभवी खेलाडी उतारेको बार्सिलोनाले खेलको सुरुवातदेखि नै बल पोसेसनमा पकड जमाउँदै जिरोनाविरुद्ध आक्रमण बुनेको थियो । २१ औं मिनेटमा मेस्सीको उत्कृष्ट मुभपछि त्रिनकाओले मिलाएको पासमा कोउटिन्होले ट्याप इन गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा मेस्सीले लामो दुरीबाट गरेको प्रहार गोलरक्षक कार्लोसले रोक्न नसक्दा बार्सिलोना २-० ले अघि बढ्यो ।

दोस्रो हाफको सुरुवाती मिनेटमा नै जिरोनाले गोल फर्कायो । फ्रेंकी डे जोङले मिडफिल्डमा गल्ति गरेपछि सामु साइजले गोल गर्दै खेलमा फर्कने संकेत दिए । तर कप्तान मेस्सीले ५१ औं मिनेटमा नै बार्सिलोनाको दुई गोलको अग्रता पुन: स्थापना गरे । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार डिफेन्डरलाई लाग्दै गोल भएको थियो ।

प्रशिक्षक रोनाल्ड कोम्यानले ६० औं मिनेटमा ९ खेलाडी परिवर्तन गर्दै युवा टोलीलाई मैदान उतारे । पछिल्लो टोलीले गोल निकाल्न नसकेपनि प्रदर्शनको तुलनामा भने सुधार ल्यायो । आक्रमणमा थप गति र शक्ति देखिएको युवा टोलीले लगातार अवसर भने सिर्जना गरेको थियो । कोन्राड, पेड्री र डेम्बेलेले आक्रमणमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

बार्सिलोनाको टोली :

नेटो: रोबर्टो (सेमेडो ६२’), अराउजो, पिके (लेङलेट ६२’) अल्बा (फिर्पो ६२’): बुस्केट्स (पुज ६२’), डे जोङ (एलेना ६२’): त्रिनकाओ (डेम्बेले ६२’), ग्रिजमन (पेड्री ६२’), कोउटिन्हो (कोन्राड ६२’): मेस्सी (ब्रेथवेट ६२’)(हाम्रो खेल कुदबाट)

खेलको हाइलाइट्स :

प्रतिक्रिया

सम्बन्धित खवर