इन्स्पायर नोबल फाउण्डेसनले भारतविरुद्ध छक्का प्रहार गरेका नेपाली क्रिकेटरलाई दुई लाख रुपैयाँ प्रदान गरेको छ।

एसिया कप–२०२३ अन्तर्गत भारतविरुद्धको खेलअघि फाउण्डेसनले छक्का प्रहार गर्ने प्रतिखेलाडी एक लाख रुपैयाँ दिने घोषणा गरेको थियो। बिहीबार नेपाल खेलकुद पत्रकार मञ्चको रोहबरमा भारतविरुद्ध छक्का प्रहार गरेका कुशल भुर्तेल र सोमपाल कामीलाई समान एक लाख रुपैयाँ प्रदान गरेको हो।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

भारतविरुद्ध कुशल र सोमपालले समान दुई छक्का प्रहार गरेका थिए। कुशल र सोमपाललाई फाउण्डेसनको तर्फबाट सुशील रेग्मीले चेक हस्तान्तरण गरेका थिए।

फाउण्डेसनले भारतविरुद्ध छक्का प्रहार गर्ने तथा विकेट लिने प्रत्येक खेलाडीलाई नगदबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो। इन्स्पायर नोबेल फाउण्डेसन अमेरिकामा रहेका गैरआवासीय नेपालीहरुले खोलेको संस्था हो।

पुरस्कृत भएपछि दुवै खेलाडीले यसबाट आफूहरुलाई थप हौसला मिलेको बताए। कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामीले राम्रो अनुभव बटुल्न पाएको बताए।

उनले पाकिस्तानसँगको खेलमा सोचेजस्तो प्रदर्शन हुन नसकेको बताए। पाकिस्तान र भारतसँग फिल्ड शेयर गर्न पाउँदा खुशी लागेको भन्दै अर्को पटक खेल्दा राम्रो नतिजा दिने उनले बताए।

त्यस्तै, अर्का क्रिकेटर कुशल भुर्तेलले एसिया कप खेल्नुभन्दा पनि एशिया कपमा क्वालिफायर हुँदा आफूलाई धेरै खुशी लागेको बताए। भारतलाई टिभीमा हेरेर आफूहरुले क्रिकेट सिकेको बताउँदै आफू भारतसँग खेल्दा खुसी लागेको बताए।

उनले पाकिस्तानसँग खेलिसकेपछि भारतसँग खेल्दा सामान्य लागेको बताए। उनले एसिया कपको अनुभवले आगमी खेलमा राम्रो गर्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर