स्पेनिस क्लब रियल मड्रिडका गोलकिपर थिबाउट कोर्टुवा प्रशिक्षणको क्रममा घाइते भएका छन् । भल्देबेवासमा बिहीबार भएको प्रशिक्षणका क्रममा कोर्टुवालाई चोट लागेको मार्काले जनाएको छ ।

बेल्जियमका गोलकिपरको बायाँ घुँडामा चोट लागेपछि उनी आँसु झार्दै स्ट्रेचरमा मैदान बाहिरिएका थिए ।

 

कोर्टुवाको बायाँ घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) मा चोट लागेको र अब शल्यक्रिया गर्नुपर्ने भएकाले उनी लामो समयलाई मैदान बाहिर बस्नुपर्नेछ ।

यस्तो चोटबाट मुक्त हुन सामान्यतया सातदेखि आठ महिना लाग्ने गर्दछ ।

३१ वर्षीय गोलकिपरले मड्रिडका लागि २३० खेल खेलिसकेका छन् । उनले स्पेनिस क्लबका लागि दुई ला लिगा र एक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

ला लिगाअन्तर्गत मड्रिडले पहिलो खेल शनिबार राति एथलेटिक बिलबाओसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर