
७ श्रावन २०७८, बिहिवार
एजेन्सी – मानाजको ह्याट्रिक सहयोगमा बार्सिलोनाले प्रि–सिजनको पहिलो मैत्रीपुर्ण खेलमा सानदार जित दर्ता गरेको छ ।
बार्सिलोनाले १० खेलाडीमा समेटिएको तेस्रो डिभिजनको जिम्नास्टिकमाति ४–० को फराकिलो जित आत्मसात गरेको हो । सबै ४ गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
स्पेनमा बुधबार राति भएको खेलमा जिम्नास्टिकले बार्सिलोनालाई पहिलो हाफमा बराबरीमा रोक्न सफल भएपनि पहिलो हाफकै अन्त्यतिर १० खेलाडीमा समेटिएपछि दोस्रो हाफमा बलियो बार्सिलोनालाई रोक्न सकेन ।
बार्सिलोनाले जिम्नास्टिकविरुद्ध पहिलो टोलीका जेरार्ड पिके, सामुइल उम्टिटि, सर्जिनो डेस्ट, मिरालेम प्यानिच, सर्जी रोबर्टाे र रिकी पुचलाई खेलाएको थियो ।
अब बार्सिलोनाले प्रि–सिजनमै रेडबुल साल्जवर्ग, जिरोना र भिएफबी स्टुटगार्टसँग मैत्रीपुर्ण खेल खेल्ने तालिका छ । बार्सिलोनाले १५ अगस्टमा रियल सोसिडाडसँग खेल्दै ला लिगाको सुरुवात गर्नेछ ।