६ श्रावन २०७८, बुधवार

श्रीलंकासँगको दोस्रो एक दिवशिय क्रिकेटमा पनि भारत विजयी भएको छ ।

बलरहरुले ब्याटिङतर्फ पनि उत्कृष्ट प्रदर्शन गरेपछि भारत ३ विकेटले विजयी भएको हो ।

जितका लागि २७६ रनको लक्ष्य भारतले ४९ ओभर १ बलमा ७ विकेट गुमाएर भेट्टायो ।

भारतलाई जिताउन दीपक चाहरले नटआउट ६९ र सुर्यकुमार यादवले ५३ रन बनाए ।

त्यसअघि पहिले ब्याटिङ गरेको  श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २७५ रन बनाएको थियो ।

यसअघि भएको पहिलो एक दिवशियमा पनि भारत विजयी भएको थियो ।

शिखर धवनको कप्तानीमा रहेको भारतले लगातार उत्कृष्ट प्रदर्शन गर्दै तीन खेलको एक दिवशिय सिरिज २-० ले जितेको छ ।

अब तेस्रो एक दिवशिय शुक्रबार कोलम्बोमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर