३१ आषाढ २०७८, बिहिवार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी र एकदिवसीय वरीयतामा नेपाल यथावत रहेको छ ।

टी–ट्वान्टीर्फको नयाँ वरीयतामा नेपाल १३ औं स्थानमा छ । यस अघि पनि नेपाल १३ औं स्थानमै रहेको थियो ।

नेपालको टी–ट्वान्टीमा उत्कृष्ट वरीयता ११ औं स्थान हो । टी-ट्वान्टीको नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्युजिल्याण्ड रहेका छन् । नेपाल एकदिवसीय वरीयताको १६ औं स्थानमा रहेको छ । यस अघिको वरीयतामा समेत नेपाल १६ औं स्थानमै रहेको थियो ।

एकदिवसीयमा न्युजिल्याण्ड शीर्ष स्थानमा रहदा अष्ट्रेलिया दोस्रो र इंग्ल्यान्ड तेस्रो स्थानमा रहेको छ । भारत चौंथो र दक्षिण अफ्रीका पाँचौं स्थानमा रहेको छ । खेलाडीको ब्याटिङ वरीयतामा नेपालका कुशल भुर्तेल ५९ औं स्थानमा रहेका छन् ।

नेपालका पूर्व कप्तान पारस खड्का ९२ औं स्थानमा छन् । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ९६ औं स्थानमा झरेका छन् । बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने ७८ औं स्थानमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर