२० फागुन २०७७, बिहिवार

राजधानीमा जारी शहीद स्मारक बी डिभिजन लिग फुटबलमा आज पनि दुई वटा खेल हुँदैछन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

एन्फा मैदान सातदोवाटोमा हुने पहिलो खेलमा झम्सीखेल युथ क्लब र श्रीभगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

मध्यान्ह सवा १२ बजे शुरुहुने खेलमा झम्सिखेल दोस्रो जितको खोजिमा हुनेछ । अहिलेसम्म एक खेल मात्रै जितेको झम्सिखेल तीन खेलमा ड्र खेल्दा बाँकी चार खेल गुमाएको छ । झम्सिखेल ६ अंकका साथ ११ औं स्थानमा रहेको छ ।

आजको खेलमा विजयी भए झम्सिखेल आठौं स्थानमा उक्लने छ ।

यस्तै श्रीभगवती क्लबले पनि जारी लिगमा एक खेलमा जीत र तीन खेलमा ड्र र चार खेलमा पराजय भोगेको छ ।

तालिकामा ६ अंक नै जोडेको श्रीभगवती पनि दोस्रो जितकै खोजिमा हुने छ ।

भगवती विजयी भए पनि तालिकाको आठौं स्थानमा उक्लने छ । यस्तै आज दिउँसो साढे ३ बजे शुरु हुने दोस्रो खेलमा रानीपोखरी कर्नर टिम
(आरसीटी) र श्रीकुमारी क्लब आमने सामने हुने छन् ।

आरसीटी पाँचौ तथा श्रीकुमारी आठौं स्थानमा रहेका छन् ।

यसअभि हिजो भएको खेलमा नयाँबस्ती युवा क्लब टुसाल युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

त्यस्तै हिजो भएको अर्को खेलमा खुमलटार युथ क्लबले डिभाइन ब्वाइज युनियन क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर