१९ माघ २०७७, सोमवार

राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले सहज जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा आर्मीले विराटनगर महानगरपालिकालाई ७–० गोल अन्तरले परजित गरेको हो ।

आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिक गरिन् । यस्तै बिमला चौधरीले दुई तथा रश्मी घिसिङ र बिमला बिकले एक–एक गोल गरेका छन् ।

जितसँगै आर्मी ५ खेलबाट १० अंकका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ । विराटनगर भने ७ अंकका साथ चौंथो स्थानमा छ ।

यसैबीच, आजै दिउँसो साढे २ बजे हुने दोस्रो खेलमा एपीएफ र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ । एपीएफ लगातार छैटौँ जितको खोजीमा हुँदा चौदण्डीगढी भने पहिलो जित निकाल्ने योजनामा हुनेछ ।

जारी लिगमा ५ खेलबाट एफीएफ १५ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । चौदण्डीगढी भने अंकविहीन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर