
२६ पौष २०७७, आइतवार
धाविका पुष्पा भण्डारीले बंगलादेशमा भएको शेख मुजाहिदिन दक्षिण एसियाली म्याराथनको उपाधि जितेकी छिन् ।
बंगलादेशमाआईतवार भएको म्याराथनमा पुष्षले २ घन्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरेकी हुन ।
सो विधामा भारतीय खेलाडीले रजत र कास्य पदक जितेका थिए ।
दक्षिण एसियाली म्याराथनको पुरुषतर्फ भने १३ औं सागका स्वर्ण पदक विजेता किरणसिंह बोटगी चौथो भएका छन् ।
त्यसमा भारतीय खेलाडीले स्वर्ण, रजत र कास्य पदक जितेका छन् ।
पुष्पा १३ औं दक्षिण एसियाली खेलकुद (साग) को म्याराथनतर्फकै रजत पदक विजेता हुन् ।