८ पौष २०७७, बुधवार

क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा रियल भालाडोलिडमाथि सहज जित निकालेकाे छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

गएराति भएकाे खेलमा बार्सिलाेनाले भालाडोलिडलाई  ३-० गाेल अन्तरले पराजित गरेकाे हाे । बार्सिलाेनालाई सहज जित दिलाउकाे लागि कप्तान लियोनेल मेस्सी, क्लेमेन्ट लेङ्लेट र मार्टिन ब्रेथवेटले समान एक-एक गाेल गरे ।

खेलकाे २१औं मिनेटमा लेङ्लेट गाेल गर्दै बार्सिलोनाले अग्रता लिएको थियो । उनले कप्तान लियोनेल मेस्सीको पासमा गोल गरेका थिए ।

३५औं मिनेटमा मार्टिन ब्रेथवेटले सर्जिनो डेस्टको पासमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । ६५औं मिनेटमा पेड्रीको पासमा मेस्सीले गोल गर्दै बार्सिलोनाको जित पक्का गरे ।

घरेलु टोलीविरुद्ध बार्सिलोनाले ६० प्रतिशत भन्दा बढी बल पोसेसन राख्दा भालाडोलिडले कुनैपनि समय बार्सिलोनाको पोस्टमा गतिलो पोस्ट आक्रमण बुन्न सकेन ।

जितसँगै बार्सिलोना १४ खेलबाट २४ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । पराजित भालाडोलिड १४ अंक जोडेर १८औं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर