४ पौष २०७७, शनिवार

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

बेलायतबाट हालैमात्र स्वदेश फर्किएका दमकका रोहित राईले झापाको कमल १ स्थित आरम्भ युथ क्लवमा आवद्ध खेलाडीहरुलाई खेलकुद सामग्री प्रदान गरेका छन् ।

फुटवल खेलका अन्तराष्ट्रिय खेलाडी समेत रहेका राईले स्थानीय युवाहरुको खेलकुद तथा शारीरिक विकासमा सहयोग पुरयाउन उद्देश्यले क्लवका १४ खेलाडीलाई सेटजर्सी र फुटबल प्रदान गरेका हुन् ।
सो अवसरमा आरम्भ युथ क्लब र नरेन्द्र जनता माविको खेलाडी बिद्याथीको टीमबीच मैत्रीपूर्ण फुटबल समेत खेलाइएको थियो । सो खेलका विजेता तथा उपविजेता टिमलाई हौसला स्वरुप राईले नगद पुरस्कार समेत प्रदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर