
१९ असाेज २०७७ गायिका रजिना रिमाल र उनका पति विनोद श्रेष्ठलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । गायिका रिमाल र उनका पतिलाई कोरोना पोजेटिभ भएको राजिना आफैले सार्वजनिक गरेकी हुन् । उनले सामाजिक सञ्जाल मा स्ट्याटस पोस्ट गर्दै यसबारे जानकारी दिएकी हुन् । उनले आफू र पतिमा कोरोना पोजेटिभ देखिएको बताउँदै आफूहरूसँग सम्पर्कमा आएकाहरू सबैलाई सुरक्षित रहन र आसोलेशनमा बस्न आग्रह गरेकी छिन् ।रजिनाका एक वर्षका छोरालाई भने हालसम्म कुनै लक्षण देखिएको छैन