७ असोज २०७७, बुधवार

अष्ट्रेलियामा रहेका रोमाकान्त न्यौपानेले पहिलो पटक साँगीतिक कृति बजारमा ल्याएका छन् । ‘ए झरी’ बोल रहेको उक्त गीत न्यौपानेको आधिकारिक युट्युब च्यानल नमस्ते प्लस मार्फत बजारमा ल्याइएको हो ।

रोशन सिंह र प्रविशा अधिकारीको स्वर रहेको  गीतमा रोशन सिंहको  शब्द,संगीत रहेको छ । विशाल निरौलाले एरेन्ज गरेको  गीतको मिक्सीङ कुमार रानाले गरे भने  निर्देशक तथा कोरियोग्राफर बिक्रम चौहानले निर्देशन गरेका छन् । भिडियोलाई बुद्ध थापाको टिमले छायांकन गरेका छन् भने सुरेश काफ्लेले ड्रोन खिचेका छन । लक्ष्मण चौहानले सम्पादन गरेको म्युजिक भिडियोमा रोशन सिंह र आइश्मा चौधरीको साथमा दिनेश कायस्थको अभिनय रहेको छ ।

हेनुहोस् भिडियो ।

प्रतिक्रिया

सम्बन्धित खवर