
३ असाेज ।रामजी खाँण र प्रेमा रानाको स्वरमा रहेको गीत ‘म त बाग्लुङ तिमी पाल्पाको’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द, राजकुमार बगरको सङ्गीत र कमल सौरागको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा सुनील क्षेत्री र रेणु पुनसँगै अन्य कलाकार फिचर्ड छन् । करन चैसिरको छयाँँकन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन रहेको छ ।