
१७ भाद्र २०७७, बुधवार
नरेश खाती र समीक्षा अधिकारीको स्वर, नरेश खातीकै शब्द तथा संगीतमा तयार भएको ‘माया मारेर’ बोलको गीतले पनि युटुबमा एक करोडभन्दा बढी भ्यूज पाएको छ । सार्वजनिक भएको करिब ३ महिनामा यो गीतलाई हेर्नेको संख्या १ करोड १७ लाख भन्दा बढी छ । गीतको भिडियोमा १ लाख २६ हजारले लाइक गरेका छन् भने करिब ७ हजारले प्रतिक्रिया दिएका छन् । नरेश खातीकै निर्देशनमा तयार भएको भिडियोमा कमल ढुंगाना, रुपेश मगर, जेम थापा, बालबहादुर खातीको अभिनय छ