२५ श्रावन २०७८, सोमवार

राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानले गायक दुर्गेश थापालाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ। प्रतिष्ठानले दुर्गेशको तीज गीतमा रहेका आपत्तिजनक शब्द हटाउन पटक– पटक आग्रह गरे पनि वेवास्ता गरेपछि कारवाही गरेको हो ।

दुर्गेश यसअघि पनि पटक–पटक विवादमा आउने गरेका छन्। उनी गीतकै विवादका कारण प्रहरी हिरासतमा समेत बस्न परेको थियो।

दुर्गेशले २०७६ को तिहारमा दुर्गेशले ‘ह्याप्पी तिहार चिसो बियर’ गीत विवादमा परेको थियो। गीतमार्फत तिहारको सांस्कृतिक विचलन गरेको र प्रतिबन्धित गाँजा सेवन गर्न उक्साएको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उनीविरुद्ध उजुरी परेपछि उनलाई प्रहरीले पक्राउसमेत गरेको थियो।
उनी तत्कालै आफ्नो युट्युब च्यानलबाट उक्त गीत हटाउने तथा आम माफी माग्ने र आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएर रिहा भएका थिए।

त्यस्तै, ‘छक्का पन्जा ३’ को प्रमोसनल गीतको एउटा लाइनमा ‘यसपाली त ब्याउने कुरो छ’ भन्ने शब्द राखेकै कारण उनी विवादमा तानिएका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर