७ श्रावन २०७८, बिहिवार
गीतकार विष्णु विरही श्रेष्ठको ‘तिम्रो मायामा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायिका शान्तिश्री परियार र गायक प्रताप दासको युगल स्वर रहेको उक्त गीत यूट्युब च्यानल मार्फत सार्वजनिक भएको हो।
विष्णु श्रेष्ठ‘विरही’को शब्द र दिपकराज विश्वकर्माको संगीत, एरेञ्ज रहेको गीतमा म्युजिक भिडियोमा विजय पुन, बबिना विश्वकर्मा, दिनेश कठायत र जुना कार्कीको अभिनय गरेका छन्।