
३१ आषाढ २०७८, बिहिवार
भिडियो साझा गर्ने माध्यम यूट्युब पछिल्लो समय लोकप्रिय बनेको छ।
नेपाली नागरिकहरुले कति घण्टा युट्युब चलाउँछन् भन्ने अध्ययन नभएपनि कस्ता खालका भिडियोहरु धेरैले हेर्छन् भन्ने ट्रेण्डिङ मार्फत थाहा पाउन सकिन्छ।
यो साताको ट्रेण्डिङ हेर्दा नेपाली दर्शकलाई धेरैजसो नेपाली टेलिश्रृंखला र गीत संगीत बढि मन पर्ने देखिएको छ।
१. ‘तिमीसँग’ चलचित्र
युट्युबको ट्रेण्डिङको पहिलो नम्बरमा चलचित्र तिमीसँगको १५ मिनेटको भिडियो रहेको छ। हाइलाइट्स नेपालको च्यानलबाट २ दिन अगाडिमात्र अपलोड भएको यो भिडियो ८ लाख भन्दा धेरै हेरिएको छ। चलचित्रको यो दृश्यमा नाजिर हुसेन, आकाश श्रेष्ठ र साम्राज्ञी राज्य लक्ष्मी शाहको अभिनय रहेको छ।
२. सक्किगोनी हाँस्यटेलिश्रृंखला
कुमार कट्टेल, अर्जुन घिमिरे, सागर लम्साल लगायतका कलाकारहरुको हाँस्य कार्यक्रम सक्किगोनिको एपिसोड २४ अहिले ट्रेण्डिङको दोस्रो नम्बरमा छ। यो कार्यक्रम ६ दिन अगाडि अपलोड भएको थियो।
३. बिटिएस ‘परमिशन टु डान्स’
दक्षिण कोरियाली व्याण्ड बिटिएसको गीत अहिले ट्रेण्डिङ ३ मा छ। यो गीत ६ दिन अगाडि युट्युबमा अपलोड भएको थियो।
४. जुठे
ट्रेन्डिङको चौथो नम्बरमा नेपाली टेलिफिल्म जुठे रहेको छ। एक साता अगाडि मास्टर टिभीबाट अपलोड भएको यो टेलिफिल्म १६ लाख भन्दा धेरै पल्ट हेरिएको छ।
५. कोपा अमेरिका फाइनल हाइलाइट्स
११ जुलाईमा सम्पन्न भएको कोपा अमेरिका फुटबल प्रतियोगीताको फाइनल हाइलाइट अहिले युट्युबको ट्रेण्डिङ ५ मा पुगेको छ। यो प्रतियोगीतामा अर्जेन्टिनाले ब्राजिललाई १ – ० ले हराएको थियो।
यसपछि केही लोक दोहोरी, केही पप संगीतहरु युट्युब ट्रेण्डिङमा रहेका छन्। जसमा चर्चित दोहोरी गायक पशुपति शर्माका गीतहरु पनि रहेका छन्।