२७ आषाढ २०७८, आइतवार

गायक सुरेन गौतमको म्यूजिक भिडियो सँधै सँधै बजारमा आएको छ।

नेपालको ताजमहल भनेर चिनिने पाल्पाको रानीमहललाई साक्षी राखी गायक सुरेन गौतमले “सधै सधै” बोलको गीत मार्फत इतिहासमा फर्किएर खड्ग शमशेर र तेजकुमारीबीचको अमर प्रेम कथालाई म्यूजिक भिडियोमा दमदार रुपमा प्रस्तुत गरेका छन्।

मिठो संगीत तथा कर्णप्रिय स्वरले सजिएको यो गीतमा पाल्पाको उत्कृष्ट दृश्यावलोकन गर्न पाइन्छ।

प्याट्रिक सिट्लिङको शब्द तथा संगीत रहेको गीतमा बिशाल पौडेलको संगीत संयोजन रहेको छ।  गीतको कथा परिकल्पना संजय गौतमले लेखेका हुन् भने भिडियोलाई गायक सुरेनले नै निर्देशन तथा सम्पादन गरेका हुन्। यस गीतमा सुरज के सी क्यामेरा एबम ड्रोन र बिष्णुहरी तिमिल्सिना कलर ग्रेडीङ रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर