२० फागुन २०७७, बिहिवार

सिङगिङ रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ चैत ६ गतेबाट प्रशारण हुने भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

‘द भ्वाइस अफ नेपाल’ सिजन–३ चैत ६ गतेबाट प्रशारण हुन लागेको हो ।

‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलका अनुसार हरेक शुक्रबार र शनिबार राति ८ बजेबाट उक्त सो प्रशारण हुने छ ।

यो पटक कोचमा एकजना परिवर्तन भएको छ । तृष्णा गुरुङलाई दर्शकले यो पटक नयाँ कोचका रुपमा देख्ने छन् ।

आस्था राउतको ठाउँमा गुरुङ प्रवेश गरेकी हुन् । अन्य तीन कोचमा दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर