
१९ फागुन २०७७, बुधवार
गायिका रानी शाक्यको गीत ‘सुनसान मन’ अहिले चर्चामा छ ।
राजेश शाक्यको शब्द तथा ओम कर्माचार्यको संगीत रहेको गीतले दिन प्रतिदिन चर्चा कमाउन सफल भएको गायिका शाक्यले बताइन् ।
गीतको भिडियोमा अभिनेत्री केकी अधिकारीको अभिनय रहेको छ ।
कोरोनाको कहरमा अग्रपङ्तिमा काम भर्ने स्वस्थ्यकर्मीको कथा व्यक्त गरेको गीत माथि भिडियो निर्माण गर्ने काम भने फिल्मका निर्देशक मदन घिमिरेले गरेका हुन् ।