१ फागुन २०७७, शनिवार

विन्ध्यवासिनी फाउण्डेसनले आगामी चैतमा काठमाडौंमा आयोजना गर्न लागेको एघारौं संस्करणको ‘विन्ध्यवासिनी म्यूजिक अवार्ड २०७७’मा गायक योगेश वैद्यलाई ‘विन्ध्यवासिनी म्युजिक लाइफटाइम एचिभमेन्ट अवार्ड २०७७’बाट सम्मान गर्ने भएको छ ।


राजधानीमा शनिबार भएको फाउण्डेसनको सातौं वार्षिक भेलाले वैद्यलाई उक्त अवार्डबाट सम्मान गर्ने निर्णय गरेको हो । यो सम्मानको राशी एक लाख रुपैंयाँ रहेको छ ।

भेलाले गायिका कुन्ती मोक्तानलाई ५० हजार रुपैंयाँ राशीसहितको ‘विन्ध्यवासिनी संगीत साधना सम्मान २०७७’बाट सम्मान गर्ने निर्णय गरेको छ ।

त्यस्तै गायिका माण्डवी त्रिपाठीलाई २५ हजार रुपैंयाँसहित ‘विन्ध्यवासिनी संगीत रत्न सम्मान २०७७’बाट सम्मान गर्ने निर्णय गरेको छ ।

यसैगरी भेलाले पत्रकार अनन्त वाग्लेलाई ‘विन्ध्यवासिनी संगीत कला पत्रकारिता सम्मान २०७७’ बाट सम्मान गर्ने निर्णय गरेको छ । यो सम्मानको राशी २५ हजार रुपैंयाँ रहेको छ ।

फाउण्डेसनकी अध्यक्ष लिना रेग्मीले फाउण्डेसनको सल्लाहकारहरुको सिफारिस तथा पूर्व सम्मानित र फाउण्डेसनका आजीवन सदस्यको उपस्थितिमा यो निर्णय गरिएको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर