२० माघ २०७७, मंगलवार

गायिका अञ्जु पन्तले विवाह गर्ने भएकि हुन ।

उनले इलामका थीर कोइरालासँग विवाह गर्ने भएकी हुन।

दुवैतिरका घर परिवारका सदस्यबीच बिहेबारे सल्लाह भैरहेको उनले जानकारी गराएकि छिन ।

विवाहको मिति भने तय भैसकेको छैन ।

६ वर्षअघि थीर र अञ्जु पन्तको पहिलो भेट नेपाल टेलिभिजनको एउटा कार्यक्रममा भएको थियो।

अञ्जु र थीर बीच त्यही कार्यक्रममा पहिलो चिनजान भएको थियो।

उनीहरु केही महिनामै वैवाहिक बन्धनमा बाँधिने भएका हुन्।  हाल उनी गैरसरकारी संस्थामा सञ्चालन गर्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर