
१० पौष २०७७, शुक्रवार
पुस १८ गते काठमाडौंमा आयोजना हुन लागेको पहिलो संस्करणको ‘स्पर्श म्युजिक भिडियो अवार्ड-२०२०’ मा अभिनेत्री मौसमी मल्ललाई सम्मान गरिने भएको छ ।
कार्यक्रममा नेपाली चलचित्र अभिनेत्री मौसमी मल्ललाई नेपाली चलचित्र क्षेत्रमा दिनु भएको योगदानको कदर गर्दै सम्मान गर्न लागिएको हो ।
समारोहमा अभिनेत्री मल्ललको विशेष प्रस्तुती रहने छ । कार्यक्रममा अभिनेत्री मल्लले आफ्नै चलचित्रका लोकप्रिय गीतहरुमा नृत्य प्रस्तुत गर्ने कार्यक्रम छ ।