
२२ मंसिर २०७७, सोमवार
बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ।
सोमबार न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सिद्धबाबामाथिको आरोप पुष्टि हुन नसक्ने फैसला गरेको हो ।
गरीकै अनुयायी बताउने एक महिलाले आफूलाई बलात्कार गरेको भन्दै २०७६ पुस १० गते प्रहरीमा जाहेरी दिएपछि ‘सिद्धबाबा’माथि मुद्दा दायर भएको थियो ।