२२ मङ्सिर २०७७                                                    आज चन्द्रमा सिंह राशिमा छन् त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा शुभ छैन ।

आज सोमबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला ।

साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला

बिहान ६:४१ बजेदेखि ७:५९ बजेसम्म अमृत बेला
बिहान ७:५९ बजेदेखि ९:१८ बजेसम्म काल बेला
बिहान ९:१८ बजेदेखि १०:३६ बजेसम्म शुभ बेला
बिहान १०:३६ बजेदेखि ११:५५ बजेसम्म रोग बेला
बिहान ११:५५ बजेदेखि १:१३ बजेसम्म उद्धेग बेला
दिनमा १:१३ बजेदेखि २:३२ बजेसम्म चर बेला
दिउँसो २:३२ बजेदेखि ३:५० बजेसम्म लाभ बेला
दिउँसो ३:५० बजेदेखि ५:०८ बजेसम्म अमृत बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ७:३० देखि ९:०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार