५ कार्तिक २०७७                                              २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माण भएपछि उद्घाटन गरिएको छ । बुधबार एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले रानीपोखरीमा जल अर्पण गरी उद्घाटन गरेका हुन् ।

भिडियो रिपोर्ट हेर्नुहोस् :

भूकम्प गएकै वर्ष २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले रानीपोखरीबाटै नेपालका सबै क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि शिलान्यास गरेकी थिइन् । पूर्ननिर्माण पुरा भएसंगै उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भूकम्पबाट क्षति भएका सबै संरचनाहरुको पुननिर्माण छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गरेकि छिन् ।

भूकम्पपछि यसको पूर्ननिर्माण र मौलिकताको बिषयमा निकै किचलो भएको थियो । अन्ततः बुधबार ३ सय ५२ वर्ष पुरानो इतिहास बोकेको रानिपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तयार गरिएको छ । ५ वर्षपछि पुरानै शैलीमा पुनःनिर्माण सम्पन्न भएपछि उद्घाटन गरिएको रानीपोखरी र त्यहाभित्र रहेको बालगोपालेश्वर महादेव मन्दिर पुरानै स्वरुप गुम्बज शैलीबाट प्रताप मल्लकालीन ग्रन्थकूट शैलीमा पुनःनिर्माण भएको छ । यता राष्ट्रिय पूननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएको सिंहदरबार मंसिर महिनाभित्र र धरहराका सवै तल्ला पुस महिनाभित्र निर्माण सक्ने लक्ष्य लिएको बताएका छन् ।

राष्ट्रपतिद्वारा २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको दरबार हाइस्कुलको समेत आजै उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भूकम्पबाट क्षतिग्रस्त भवनलाई पुरानै शैलिमा निर्माण गर्न सहयोग पुर्याउने चीन सरकारप्रति धन्यवाद व्यक्त गरेकि थिइन् ।

कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको रानीपोखरी हरेक बर्ष आफ्ना दिदीबहिनी नहुने दाजुभाइले भाइटीका लगाउने महत्वपूर्ण तीर्थस्थलका रूपमा मानिन्छ । प्रताप मल्लले छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ ।

ऐतिहासिक दरबार हाइस्कूल अर्थात् भानु माध्यमिक विद्यालय विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका पालामा स्थापना गरिएको थियो । यसलाई विसं १९६४ देखि संस्कृत पढ्नका लागि मात्र सर्वसाधारणका छोराछोरीलाई खुला गरिएको थियो । भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको उक्त हाइस्कूलको पुनःनिर्माणको शिलान्यास २०७५ साल साउन १८ गते भएको थियो ।       सगरमाथामा टिभिबाट

प्रतिक्रिया

सम्बन्धित खवर