२० भाद्र २०७७, शनिवार
रोटरी क्लव अफ बुटवल साउथले शुक्रवार अति विपन्न परिवारलाई खाना खुवाएको छ । क्लवले शुक्रबार बिहान ट्राफिक चोकको दुर्गा मन्दिर परिसरमा करिव २ सय जनालाई खाना खुवाएको जनाएको छ ।
नगरपालिका तथा ईलाका प्रहरी कार्यालयको स्वीकृतिमा आयोजना गरिएको उक्त कार्यक्रमको बुटवल उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष जगदिश आचार्यले प्रत्यक्ष निगरानी गर्नुभएको थियो ।
क्लवले शनिबार पनि बिहान १० खाना खुवाउने भएकाले सहभागि हुन अति विपन्न परिवारका सदस्यहरुलाई आग्रह समेत गरिएको छ ।
शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक, ई–क्यान रुपन्देही र बुटवल महिला जेसीजको सहयोगमा फूड बैंक सञ्चालन गर्दै आएको रोटरी क्लव अफ बुटवल साउथले स्थानीय तथा बुद्धिजिवीहरुको सल्लाहमा आवश्यकता अनुसार या कार्यक्रमलाई बढाउँदै लैजाने रोटरी क्लव अफ वुटवल साउथका अध्यक्ष प्रेम भुर्तेलले बताउनु भयो ।