६ बैशाख २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालमै भएको दावी गरेपछि चितवन माडीको अयोध्यापुरी एकाएक चर्चामा आयो ।

प्रधानमन्त्रीले नगरपालिकाका प्रतिनिधिहरुसँग पनि छलफल गर्दै थप काम अघि बढाउन निर्देशन दिनुभयो । करिव १०० विघा जग्गा सिफारिस गरेर पठाएपनि काम अघि नबढेको गुनासो बढिरहदा अहिले भने अयोध्या धाम राम मन्दिरमा राखिने मूर्ति माडी ल्याइने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा बनेको राम सीता लक्ष्मण र हनुमानको मुर्ति राख्न अहिले माडी– ९ को कृष्णनगर पार्कमा अस्थायी मन्दिर निर्माणलाई तिव्र पारिएको छ ।

यही बैशाख ८ गते रामनवमीको अवसरमा धुमधामका साथ अस्थायी मन्दिरमा प्रतिस्थापन गरिने भएकाले काम तिव्र गतिमा भइरहेको अयोध्या धाम व्यवस्थापन समितिका प्रचारप्रसार संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो।

माडी नगरपालिकाका प्रवक्ता एवम वडानम्वर ९ का वडाअध्यक्ष शिवहरी सुवेदीले अस्थायी रुपमा मात्रै यहाँ मुर्ति राखिने र अहिले डेकोर स्टुडियो प्रालीले डिपिआरको काम गरिरहेको बताउँदै २२ महिनाभित्र १३० फिट अग्लो राम मन्दिर बनाइने र स्थायी रुपमा त्यहाँ प्राणप्रतिष्ठा गर्ने वडाअध्इक्ष सुवेदीको भनाई छ ।

डिपीआरका अनुसार करिव ४ अर्बको लागतमा अयोध्या धाम निर्माण गर्ने सुवेदी बताउनुहुन्छ ।

माडीको विकास नहुँदा कुनैवेला यहाँका मानिसहरु राप्तीको पारी मात्रै टेक्न पाएपनि हुन्थ्यो भन्थे र अन्तै बसाइसरे पनि । मणी बनाउने नारा वारम्वार दिइरहदा पनि उस्तै अवस्था देखेर वाहिरिएका उनीहरु अहिले भने दग सँगै खुशी छन् ।

साविक अयोध्यापुरी भरतपुर सम्पर्क समाजका अध्यक्ष सुरेन्द्र श्रेष्ठ । माडीमै वसोवास गरिरहेका स्थानीय पनि यो कार्यबाट खुशी छन् ।

माडीमा रहेका प्रमाणहरुले नै राम जन्मिएको प्रमाणीत हुने बताइरहदा प्रधानमन्त्रीको यो कदमले थप इट्टा थपिएको स्थानीय नाराण दत्त पौडेलको भनाई छ ।

माडीलाई मणी बनाउने बताइरहदा यसले अर्को इट्टा थपिएको बताएका स्थानीय सरकार परिवर्तनको समाचारहरुले निराश पनि छन् ।

कतै अस्थायी मन्दिरमा मात्रै अयोध्या धाम राम मन्दिर निर्माण सीमित हुने हो कि भन्ने चिन्तामा पनि छन् ।

उनीहरुको एउटै माग हो, जुन सरकार आएपनि अयोध्याधाम निर्माण रोकिन नहुनेमा एकमत देखिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर