१५ पौष २०७७, बुधवार

सर्लाहीको दक्षिण–पूर्वी ग्रामीण भेगस्थित हरिपूर्वा बजारमा मंगलवार बाट १५ दिने महावीर झण्डा मेला सुरु भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

हरिपूर्वा नगरपालिका वडा नम्वर–५, निवासी युगल साहका छोरा रुपेशले आफू जन्मिएपछि आमाले महावीर झण्डा मेला लगाउने भन्दै गरेको कामना अनुसार हरिपूर्वा बजारमा व्यक्तिगत खर्चमै झण्डा मेला लगाएका हुन् । पाँच दिनसम्म महावीर अर्थात हनुमानको पूजा आरधना हुने भएपनि मेला भने १५ दिनसम्म चल्ने हरिपूर्वाका सञ्चारकर्मी मुकेश झाले जनाएका छन् ।

पूजापाठका लागि १ सय ५ फिटको महावीर झण्डा बनाइएको छ । गाउँमा ५ वर्षपछि लागेको यस किसिमको मेला हेर्न मंगलवार पहिलो दिनबाटै स्थानीयहरुको अत्यधिक भीड लागेको छ ।
मेलामा दर्शनार्थीको आकर्षणका लागि मौतका कुवा, विभिन्न झुला, खेल तमासा, कुस्ती लगायत मनोरन्जनात्मक कार्यक्रमहरु आयोजना गरिएको मेला समितिका सदस्य उमेश साहले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर