१२ पौष २०७७, आइतवार

अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गर्ने नेपालीहरुले क्रिसमस अर्थात् इसाई पर्व मनोरंजन र हर्सौल्लास साथ मनाएका छन ।

यस पटक साथीभाई,छरछिमेक र अलिक टाडाका नातेदार ,आफन्त ,इष्टमित्र भन्दा पनि सीमित परिवारहरु भेला भै क्रिसमस मनाएका छन् ।

साथै अमेरिका रहेका इसाई धर्म अंगाल्ने नेपाली समुदायले डिसेम्बर २५ का दिन जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत आयोजना गरेका छन् ।

अमेरिका रहेका सबै उमेरका नेपाली समुदायले राता लुगा टोपी क्रिसमस रुख ,घर भित्र सजावट,घर बाहिर झिलिमिली गर्दै यस बर्ष अर्थात् २०२० को क्रिसमसलाई बिदा गरेका छन् । साथै नेपाली समुदायले क्रिसमसका दिन विभिन्न परिकारका खाने कुरा बनाई परिवार साथ बस्दै गरेका तस्बिर,श्रब्य दृश्य र भिडियो र टिकटक समेत सामाजिक संजालमा प्रकाशन गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर