
१८ श्रावन २०७८, सोमवार
सिरहा सेवा समाज दोहा कतारको आठौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जिबछ यादवको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिमा प्रथम उपाध्यक्षमा मुहम्मद हनीफ शेख, द्वितीय उपाध्यक्षमा अमिरी मण्डल, महासचिवमा रामाराम मण्डल, सचिवमा बिरेन्द्र यादव, कोषाध्यक्षमा ईशा राईन, सह(कोषाध्यक्षमा सुरेश यादव र सदस्यहरुमा सुरेश यादव, घुरन मण्डल, बेचन यादव, बिनोद कुमार यादव, जिबछ ठाकुर रहेका छन्। बाँकी सदस्यहरु पछि मनोनीत गरिने भएको छ ।
संस्थाको संरक्षकमा रामकुमार मण्डल प्रमुख सल्लाहकारमा रामबाबु यादव, सल्लाहकारमा शाकीर अली, रामबाबु यादव, उमैर आलम, रामेश्वर मण्डल, यासीन राईन, सुरेश मण्डल र तेजिला मण्डल चयन भएका छन् ।
अधिवेशन नेपाली राजदुतावासका द्वितीय सचिव प्रबिण भट्टराईको प्रमुख आतिथ्यता र रामकुमार मण्डलको सभापतित्वमा सप्पन्न भएको थियो ।
अधिवेशनमा प्रमुख अतिथि भट्टराई, एनसीसी कतारका अध्यक्ष मुहम्मद मुक्तदा मुसलमान, एनआरएनए आईसीसी सदस्य रमेश भट्ट, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँ, नेपाली जनसम्पर्क समितिका कार्यवाहक सभापती ठाकुर कुमार परियार, प्रबासी नेपाली मन्च (ओली समूह) का अध्यक्ष चानक पोखरेल, प्रबासी नेपाली मन्च(माधव कुमार) समुहका अध्यक्ष रामहरि गैह्रे, प्रबासी नेपाली आदिवासी जनजाती महासंघ, नेपाली मुस्लिम समाजका प्रतिनिधीहरुले शुभकामना व्यक्त गरेका थिए।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एसिया च्याप्टरका सल्लाहकार समेत रहेका रेगिस्तानी कवि तिर्थ संगम राईले “सेतो गुराँस” शिर्षकको कविता वाचन गरेका थिए भने सामाजिक अगुवा शाकीर अलीले धन्यवाद ज्ञापन गरेका थिए।
बिगत ६ वर्षदेखी रामबाबू यादव पक्ष र राम कुमार मण्डल समुहले अलग अलग गतिविधि गर्दै आईरहेका थिए । सिराहा सेवा समाजका संस्थापक शाकीर अलीको मध्यस्थतामा दुबै समुहका रामकुमार मण्डल र रामबाबु यादव पक्षविच भएको लामो छलफल पश्चात् एकता सम्भव भएको हो । एकता संभव पश्चात अधिवेशन भएको हो ।