५ श्रावन २०७८, मंगलवार

कतारवाट नेपाल आएका दुई युवा काठमाण्डौको मित्रपार्कमा लुटिएका छन । लुटेराहरुले उनीहरुले साथमा ल्याएको १ सय ग्राम तौल बराबरको दुई ओटा बाला लुटेका छन ।

https://amzn.to/4myfPN5

झापाका मातृका चौलागाई र नवलपरासी घर भएका विजय पुलामी मगरलाई तीन जनाको समूहले लुटेका हुन् ।
केटिएम ड्यूक मोटरसाइकलमा आएका तीन जनाले उनीहरुलाई लुटपात गरेको हो ।

लुटपाटमा संलग्न व्यक्तिहरूबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता ९एसपी० रमेश बस्नेतले वताए ।।
उनीहरुले एयरपोर्ट देखि चढेको बा।१ ज ३५९० नम्बरको ट्याक्सीलाई महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले नियन्त्रणमा लिएको छ । मित्रपार्कमा ट्याक्सीबाट ओर्लने क्रममा उनीहरू लुटिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर