
२२ आषाढ २०७८, मंगलवार
कतारमा कोरोना सक्रमणको कारण अहिलेसम्म २४ जना नेपालीको मृत्यु भएको छ । कतारको दोहामा रहेको नेपाली दुतावासले जनाए अनुसार विभिन्न समयमा गरी उनीहरुको मृत्यु भएको हो । कतारमा पछिल्लो २४ घण्टामा ९३ जनामा मात्र संक्रमण देखिएको छ यो सगै कतारमा कोरोना सक्रमितको संख्या २ लाख २२ हजार ६६७ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस अवधिमा १ सय ४८ जना उपचारपछि निको भएर घर फर्किए सँगै कोरोनाबाट निको हुनेको सङ्ख्या पनि २ लाख २० हजार ५९७ पुगेको छ भने संक्रमणबाट अहिलेसम्म ५९३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
कतारमा मंगलवार सम्म १ हजार ४ सय ७७ वटा ‘एक्टिभ’ विरामिहरु रहेका छन । जसमध्ये ४४ जनाको आईसीयूमा उपचार भइरहेको छ ।
कतारले आफ्ना नागरिकसहित अन्य देशका श्रमिकहरुलाई पनि निशुल्क रुपमा खोप लगाउँदै आएको छ ।