२० श्रावन २०७८, बुधवार

कोरोनाको सँक्रमण घटेपछि बैतडीको मेलौली नगरपालिकाले विद्यालय सञ्चालनमा ल्याएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

कोरोनाको संक्रमणदर केही घटेपछि विद्यालय सञ्चालन गर्ने निर्णय भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले जानकारी दिए ।
अहिले मेलौली नगरपालिकामा सक्रिय संक्रमितको संख्या शुन्य रहेकाले साउन १० गते विद्यालय सञ्चालनमा ल्याउन नगरपालिकाले निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार कतिपय ठाउँमा विद्यालय सञ्चालनमा आएका छन्  ।
मेलौली नगरपालिकामा ४६ ओटा सामुदायिक विद्यालय रहेका छन् ।

स्वास्थ्यका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न आग्रह गरिएको शिक्षा शाखा प्रमुख भट्टले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर