
१६ श्रावन २०७८, शनिवार
वृद्ध भत्ता वुझन गएका एक वृद्धको वडा कार्यालय परिसरमै मृत्यु भएको छ ।
घटना कैलाली जिल्लाको हो । टिकापुर नगरपालिका वडा न –८ का ७६ वर्षीय नरबहादुर साउदको वडा कार्यालय परिसरमै मृत्यु भएको हो । वडा कार्यालय परिसरमा एक्कासी ढलेपछि उनलाई स्वास्थ्य चौकीमा राखी उपचार गर्दागर्दै ज्यान गएको
वडाध्यक्ष दीर्घ ठकुल्लाले बताए । साउद २र३ दिनदेखि बिरामी थिए ।