श्रावण १३, बुधबार

भरूवा बन्दुक सहित ४२ वर्षीय पुरुषलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

बाजुरा जगन्नाथ गाउँपालिका ६ ईन्देउस्थित लेकबाट १ थान भरुवा बन्दुक र ५० ग्राम बारुद सहित सोही गाउँपालिका ६ बस्ने ४२ वर्षीय ऐन बहादुर रावल पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी जुड्डीबाट खटिएको प्रहरीले रावलको साथबाट जंगली जनावर बदेलको जस्तो देखिने २ केजी रातो मासु फेला पारेपछि थप अनुसन्धान गर्ने क्रममा ईन्देउस्थित लेकमा रहेको उक्त बन्दुक र बारूद बरामद गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर