
९ श्रावन २०७८, शनिवार
मष्टा गाउँपालिका–५ द्वारीमा अविरल वर्षाका कारण आएको बाढीले लघु जलविद्युत्को भवन बगाएको छ ।
बाढीले द्वारीगाड लघु जलविद्युत् आयोजनाको भवन बगाएको हो ।
करीब रु एक करोड लागतमा निर्माण सम्पन्न भएको ४२ किलोवाट क्षमता रहेको आयोजनाबाट द्वारीगाउँका करीब ५०० घरधुरीले विद्युत् बाल्ने गरेका थिए ।
लघुजलविद्युत्को भवन केही समय सञ्चालनमा आए पनि प्राविधिक समस्याका कारण बीचमा अवरुद्ध भएको र हाल निर्माण कार्य चलिरहेका बेला एकाएक परेको अविरल वर्षाले भवन नै आधा बगाएको स्थानीयवासी उब्जन बोहराले बताए ।