८ श्रावन २०७८, शुक्रवार

जन्मदिन त सबैको आउँछ अनि त्यसै गरेर जान्छ । पछिल्लो समय यता जन्मदिन भव्य र सभ्य तरिकाले मनाउने हरुको जनसंख्या वृद्धि भैरहको बेला पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सदस्य तपेन्द्र कुँवरले आफ्नो जन्मदिनको अवसरमा परोपकारी संस्था हेल्प अछामलाई ५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गर्नु भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

रेडियो जनप्रिय एफएमका कार्यकारी निर्देशक समेत रहेका कुँवरले जन्मदिनमा हुने खर्चलाई कटौति गरेर परोपकारी हेल्प अछाम लाई आर्थिक सहयोग गर्नु भएको हो ।

सामाजिक क्षेत्रमा क्रियासिल रहेर सहयोग गर्दै आएको हेल्प अछाम’ संस्था लाई थोरै भए पनि सहयोग गर्न पाउदा असाध्यै खुसी भएको कुँवरले बताए।

जन्मदिनमा केक काटिएर फजुल खर्च गर्नु भन्दा केहि सामाजिक कार्यमा टेवा पुग्ने हेतृले सहयोग गरेको उनले बताए ।

सहयोग रकम बुझ्दै हेल्प अध्यक्षका अध्यक्ष हिमाल कुँवरले आर्थिक अवस्था कमजोरका र संस्थाको उदेश्य बमोजिम खर्च गरिने बताए । कार्यकारी कुँवरले आफ्नो खुशीमा मनाउने विभिन्न कार्य हरुको अवसरमा यसरि नै सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर