४ श्रावन २०७८, सोमवार

अरु लोग्ने मान्छे सगं वोलेको भन्दै बझाङमा श्रीमानले श्रीमतीको कान काटिदिएका छन ।
कान काट्ने मानलाई प्रहरीले पक्राउ गरेको छ । जयपृथ्वी नगरपालिका- १ भण्डारगाउँ निवासी २५ वर्षीय मनोज नेपालीले आफ्नै श्रीमती २१ वर्षीय जानकी नेपालीको कान काटेको आरोपमा पक्राउ परेका हुन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

मनोजले गत असार ३० गते परपुरुषसँग बोलेको भन्दै जानकीको कान चक्कुले काटेका थिए ।

घटनापछि उनी लगत्तै फरार भएका थिए ।

जानकीको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

जानकीले बिहे भएको केही महिनादेखि नै श्रीमानले कुटपिट गर्दै आएको बताएकी छिन् । जानकीका तीन सन्तान छन् ।

मनोजमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर