२ श्रावन २०७८, शनिवार
वाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–५ गोत्रीका मृगौलापिडित नविन शाहीलाई नेकपा माओवादी केन्द्र बाजुराले रकम संकलन गरी आर्थिक सहयोग गरेको छ ।
सोही गाउँपालिका–५ घर भएका २६ वर्षीय शाहीलाई माओवादी केन्द्रका नेता महेश शाही नेतृत्वको टोलीलेृ अभियान चलाएर संकलन गरेको ७८ हजार २२० रुपैया सहयोग गरेको हो ।
माओवादी केन्द्रले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर नविन शाहीको जीवन बचाउन सहयोगका लागि पहल गरिदिन पनि सञ्चालन माध्यमलाई अपिल गरेको छ ।
आर्थिक रुपमा विपन्न परिवारका शाही लामो समयदेखि आर्थिक अभावकै कारण अस्पतालको शैयामा छन् । काठमाडौंमा उपचार गराइरहेका शाहीलाई भदौ भित्र मृगौला प्रत्यारोपणगर्न स्वास्थ्य कर्मीको सुझाव छ ।
आफन्तले मृगौला दिने बताएपनि डाइलासीस समेतको उपचारका लागि आर्थिक अभाव देखिएको छ ।









