३१ आषाढ २०७८, बिहिवार

दार्चुलामा पहिरोमा पुरिएर एक महिला बेपत्ता भएकी छिन्।

https://amzn.to/4myfPN5

जिल्लाको व्यास गाउँपालिका वडा नम्बर ३ तुसरपानीस्थित पहिरोमा पुरिएर  व्यास गाउँपालिका वडा नम्बर २ राप्ला घर भएकी अन्दाजी ५० वर्षीया बेलमती बुढाथोकी पहिरोमा पुरिएर बेपत्ता भएकी छिन्।

सोही पहिरोमा परी रायमती बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ।

व्यास गाउँपालिका वडा नम्बर २ राप्लाबाट गाउँपालिकाको केन्द्र सुन्सेरा आउने क्रममा आज बिहान ९ बजेतिर तुसरपानीमा खसेको पहिरोमा घाइते महिलाको दाहिने खुट्टामा चोट लागेको  जिल्ला प्रहरी कार्यालय दार्चुलाका  प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए। बेपत्ता महिलाको खोजि भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर